Mon. Apr 29th, 2024

मौज्दात सामग्रीको प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन प्रधानमन्त्रीकाे चिकित्सा कर्मीलाई आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौं, २०७६ चैत १३ गते बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सङक्रमणबाट सिर्जित मानवीय संकटको एकजुट भएर सामना गर्न सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सामाजिक सञ्जालमार्फत् सम्बोधन गर्नुहुँदै भन्नुभएको छ, “कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं ।

हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं ।” उहाँले बिहीबार गर्नुभएको ट्वीटमा भन्नुभएको छ, “तपाईहरुकै सिफारिसका थप सामग्री उपलब्ध हुँदैछन्, धैर्य गरौं ।” गोरखापत्र अनलाईनबाट

Facebook Comments