Thu. May 16th, 2024

आजका मनैछुने तस्विरहरु (फोटो फिचर)

पोखरा-१७ बिरुवा फाँटमा लहलह भएको धानमध्येको अब्बल धान जेठोबुडो । तस्बिर : हरिप्रसाद बास्तोला, रासस

काठमाण्डू, २०८० भदौ ३० गते शनिबार ।

सुनसरीको इनरुवा-२ मा घरमै गएर बालकको कपाल मुण्डन गर्दै ठाकुर (लौवा) । सुनसरीका गाउँगाउँमा अझै पनि ठेक्का (बाली) लिएर घरमै गएर कपाल काट्ने र सोबापत वार्षिक रुपमा पैसा, विभिन्न अन्न तथा दाल लिने चलन छँदैछ । तस्बिर : नवीन गड्तौला, रासस
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ अप्पर पिसाङ हुँदै घ्यारु जाने क्रममा मर्स्याङ्दी नदी तर्न बनाइएको काठेपुल पार गर्दै सवारीसाधन । अस्थायी काठेपुलको भरमा दैनिक दर्जनौं सवारीसाधन आवतजावत गर्ने गर्दछन् । तस्बिर : नवीन लामिछाने, रासस
टोखा नगरपालिका-७ दहाल गौडामा अवस्थित सूचना स्तम्भ । यस सूचना स्तम्भमा रहेको डिजिटल बोर्डमा नगरपालिकाको सूचना राखिन्छ । तस्बिर : हरिराम भेटुवाल/ रासस
सुर्खेतको वीरेन्द्रनगर- ३ मूलपानीमा रहेको हरियाली धानबाला झुल्दै । तस्बिरः सुरेश आचार्य, रासस
पोखरा महानगरपालिका-१४ मझेरीपाटनबाट शनिबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिरः राधिका कँडेल/रासस
सुर्खेतको वीरेन्द्रनगरस्थित रङ्गशाला नजिकै गाडीमा राखिएको खाजा घर ‘फुड ट्रक’ । यसका सञ्चालकले ‘फुड ट्रक’लाई विभिन्न स्थानमा लगेर व्यापार गर्दै आएका छन् । तस्बिर : सुरेश आचार्य, रासस
संयुक्त राष्ट्रसंघकाे ७८ औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त रासस
Facebook Comments