Mon. Dec 23rd, 2024

पैचिङ सांस्कृतिक मञ्च २०२३ लाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई सन्देश

पैचिङ, २०८० भदौ २८ गते बिहीबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ सांस्कृतिक मञ्च २०२३ लाई बधाई सन्देश पठाउनुभएको छ।

सेप्टेम्बर १४ तारिख पठाउनु भएको उक्त सन्देशमा राष्ट्राध्यक्ष सीले चिनियाँ सभ्यताले विभिन्न सभ्यताबीच पारस्परिक समझदारी र सम्मानको कदर गर्दै आएको बताउनु भएको छ। पैचिङ प्राचीन ऐतिहासिक राजधानी र राष्ट्रिय सांस्कृतिक केन्द्रको रूपमा रहेको बताउनुहुँदै सीले चीनले पैचिङको श्रेष्ठताको सुदुपयोग गर्दै विश्वका विभिन्न ठाँउसँगको सांस्कृतिक आदानप्रदानलाई सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभयो । साथै चीनले अन्य ठाँउसँग संयुक्त रूपमा सांस्कृतिक समृद्धि र विकास, सांस्कृतिक सम्पदाको संरक्षण, सभ्यताहरूबीच आदानप्रदानलाई बढाउँदै जाने कुरा सन्देशमा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्राध्यक्ष सीले  मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणमा गहन र स्थायी सांस्कृतिक शक्ति थप्दै जाने बताउनु भएको छ ।

“उत्कृष्ट संस्कृतिको बिँडो थाम्दै आदान-प्रदान र सहयोगलाई बढाउने” यस पटकको पैचिङ सांस्कृतिक मञ्च २०२३ को मुख्य नारा रहेको छ। हिजो सेप्टेम्बर १४ तारिखका दिन उक्त मञ्च पैचिङमा सुरु भएको हो ।

Facebook Comments