Sat. May 18th, 2024

उपमहासचिव खतिवडालाई मातृशोक

भिओके समाचार/काठमाण्डू, २०८० भदौ १९ गते मंगलबार । नेकपा (एकीकृत) समाजवादी पार्टीका उपमहासविच तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

उहाँकी आमा मालती खतिवडाको  आज बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । ब्रेनस्टोकबाट पीडित ८० वर्षीया मालती खतिवडा एक महिना भन्दा लामो समयदेखि उपचारमा हुनुहुन्थ्यो ।

पारिवारिक स्रोतका अनुसार खतिवडाको आज दिउसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।  स्वर्गीय खतिवडाका तीनजना छोरी र एकजना छोरा रहनु भएको छ ।

Facebook Comments