Thu. May 7th, 2026

आगामी अक्टोबरमा तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य मञ्चको आयोजना हुने

       

भिओके समाचार/काठमाण्डू, २०८० भदौ १४ गते बिहीबार । आगामी अक्टोबरमा चीनको राजधानी पैचिङमा तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य मञ्चको आयोजना हुने भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले आज आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

प्रवक्ता वाङ वनपिनका अनुसार, दश वर्षयता  “बेल्ट एण्ड रोड” लोकप्रिय विश्वव्यापी उत्पादन र अन्तर्राष्ट्रिय सहकार्य मञ्च बनेको छ। चीनले अक्टोबरमा पैचिङमा तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य मञ्चको आयोजना गर्नेछ, जुन “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत भएको दशौं वार्षिकोत्सव मनाउने सबैभन्दा भव्य कार्यक्रम मात्र होइन, “बेल्ट एण्ड रोड” को उच्च गुणस्तरीय निर्माणबारे छलफल गर्ने महत्वपूर्ण मञ्च पनि हो।

चीनले सो मञ्चको तयारी बारे विभिन्न पक्षसँग वैचारिक आदानप्रदान गरिरहेको पनि प्रवक्ता वाङ वनपिनले जानकारी दिनुभयो ।

Facebook Comments