चीनले पुरानो नक्सा प्रयोग गर्नुको कारणबारे चीनसँग कूटनीतिक माध्यमबाट कुराकानी गरिने
काठमाण्डू, २०८० भदौ १३ गते बुधबार । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको लिम्पियाधुरा–लिपुलेक बाहेकको नक्सा प्रयोग भएकोबारे चीन सरकारसँग कुराकानी गर्ने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले नेपालको आधिकारिक चुच्चे नक्सा प्रयोग नगरी पुरानो नक्सा प्रयोग गर्नुको कारणबारे चीन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी हुने बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले पत्रकारको अर्को एक जिज्ञासामा एमसीसी सम्झौतामा नेपालको प्रतिनिधि सभाले पारित गरेको व्याख्यात्मक घोषणाबारे नेपाल सरकार सम्बन्धित पक्षसँग थप स्पष्ट हुन चाहेपनि यसको कार्यान्वयन हुनेमा कुनै शङ्का नरहेको बताउनुभयो ।
मन्त्री शर्माले सम्झौताका विभिन्न पक्षहरूमाथि लामो छलफल पछि संसदले व्याख्यात्मक घोषणा सहित सम्झौता स्वीकृत गरेको हुनाले त्यसमा शङ्का गर्न नपर्ने पनि स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री शर्माले हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउनुहुँदै बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको, विद्युत् सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभयो ।
यस्तै सरकारले अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८० स्वीकृत गरेको, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०/८१ का लागि ३८ राजपत्राङ्कित अधिकृत स्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने र सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० को म्याद यही साउन २६ गतेदेखी लागु हुनेगरी एक महिना थप गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्नुका साथै नेपाल प्रशासन सेवा समुहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा दिनेश कुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकले निजीकरण समितिको सदस्यमा सांसदहरू राजेन्द्रकुमार केसी र माधव सापकोटालाई नियुक्त गर्ने, नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धकमा डडेलधुराका कैलाशकुमार पनेरूलाई नियुक्त गर्ने र
विपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशकमा डा सनतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको लिम्पियाधुरा–लिपुलेक बाहेकको नक्सा प्रयोग भएकोबारे चीन सरकारसँग कुराकानी गर्ने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले नेपालको आधिकारिक चुच्चे नक्सा प्रयोग नगरी पुरानो नक्सा प्रयोग गर्नुको कारणबारे चीन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी हुने बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले पत्रकारको अर्को एक जिज्ञासामा एमसीसी सम्झौतामा नेपालको प्रतिनिधि सभाले पारित गरेको व्याख्यात्मक घोषणाबारे नेपाल सरकार सम्बन्धित पक्षसँग थप स्पष्ट हुन चाहेपनि यसको कार्यान्वयन हुनेमा कुनै शङ्का नरहेको बताउनुभयो ।
मन्त्री शर्माले सम्झौताका विभिन्न पक्षहरूमाथि लामो छलफल पछि संसदले व्याख्यात्मक घोषणा सहित सम्झौता स्वीकृत गरेको हुनाले त्यसमा शङ्का गर्न नपर्ने पनि स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री शर्माले हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउनुहुँदै बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको, विद्युत् सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभयो ।
यस्तै सरकारले अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८० स्वीकृत गरेको, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०÷८१ का लागि ३८ राजपत्राङ्कित अधिकृत स्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने र सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० को म्याद यही साउन २६ गतेदेखी लागु हुनेगरी एक महिना थप गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।