Sun. Nov 24th, 2024

प्रधानमन्त्री प्रचण्डसँग संयुक्त अधिराज्यका राजदूतको भेटवार्ता

काठमाण्डू, २०८० भदौ १३ गते बुधबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुनाका साथै नेपाल-संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गर्नुभएको हो । रासस

Facebook Comments