Mon. Apr 29th, 2024

मंगलबार देखि १८ गते सम्म अत्यावश्यक काम बाहेक घरबाट बाहिर निश्कन नपाउने

काठमाडौं, २०७६ चैत १० गते सोमबार

सरकारले चैत्र ११ गते विहान ६.०० बजेदेखि १८ गते विहान ६.०० बजेसम्मका लागि अत्यावश्यक सेवामा संलग्न बाहेक कोही पनि बाहिर नपाउने निर्णय गरेको छ ।

त्यतै कुनै पनि सार्वजनिक यातयात पनि चलाउन नपाउने आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको कुरा सोमबार सिंहदरवारमा उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण नियन्त्रण समितिको बैठक पछि पत्रकारहरूलाई जनाकारी गराइयो ।

संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम सो निर्णय भएको कसैले उल्लङ्घन गरे सोही कानुन अनुसार कारवाही हुने पत्रकार सम्मेनलमा सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments