Wed. May 15th, 2024

फ्रान्सबाट नेपाल आएकी विद्यार्थीमा कोरोनाको पुष्टि

काठमाडौं, २०७६ चैत १० गते सोमबार

फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिनु भएको हो ।

हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको मन्त्री ढकालले जानकारी दिनु भएको छ। उनी फ्रान्सबाट चैत ४ गते नेपाल फर्किएको र होम क्वारेन्टाइनमा राखिएको अवस्थामा रुगाखोकी लागि परीक्षण गर्दा कोभिड-१९ भाइरस पोजेटिभ देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments