Sat. May 18th, 2024

त्रिशूली नदीमा बस खस्यो : १५ जना घाइतेको उद्धार

मलेखु, २०८० भदौ ६ गते बुधबार । काठमाण्डूबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाण्डूबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ । उद्धार जारी छ ।

Facebook Comments