Mon. Aug 3rd, 2026

यात्रुसँग तोकिएको भन्दा धेरै भाडा लिने २३ जना पक्राउ

       

काठमाडौं, २०७६ चैत ८ गते शनिबार

कोरोनाको त्राससँगै राजधानी उपत्यका छाडेर बाहिरीने यात्रुहरुको संख्या दैनिक एक लाख हाराहारी रहेको ट्राफिक प्रहरी महाशाखाको रेकर्ड छ । केहीदिनदेखिनै दैनिक हजारौ यात्रुहरु उपत्यका बाहिरीन थालेसँगै तोकिएको भन्दा धेरै भाडा लिएको गुनासो यात्रुहरुले गरेसँगै महानगरीय प्रहरी परिसर रानिपोखरीको निर्देशनमा विभिन्न प्रहरी कार्यालयबाट खटिएको टोलीले २३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौबाट बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बसमा टिकट काट्नेक्रममा तोकिएको भन्दा धेरै भाडा लिएको अभियोगमा पक्राउ गरेको हो ।

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यकाबाट बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई तोकिए भन्दा बढी भाडा असुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर रानिपोखरीले आफ्नो वेवसाइड तथा आधिकारिक सामाजिक संञ्जालमा उल्लेख गरेको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments