Wed. May 15th, 2024

अरनिको समाजले कोरोना भाइरसबारे टेलिभिजन कार्यक्रम प्रसारण गर्ने

काठमाडौं, २०७६ चैत ६ गते बिहीबार

कोरोना भाइरसले सबैभन्दा पहिले महामारीको रुप लिएको चीनको ऊहान शहरमा सो भाइरस नियन्त्रणका लागि चीनले चालेका महत्वपूर्ण कदमहरुको बारेमा जानकारी दिने उद्देश्यले टेलिभिजन कार्यक्रम प्रसारण गर्ने भएको छ ।

अरनिको समाजका कार्यसमिति सदस्य इन्जिनियर राजिन महर्जनका अनुसार चीनको ऊहान शहरमा कोरोना प्रभावितहरुको संख्या घट्दै गएको तर चीन बाहेक इटली, स्पेन, अमेरिका, इरान, पाकिस्तान, भारत लगायत सिंगो विश्वमा यसको महामारी बढिरहेको सन्दर्भमा नेपाली जनतालाई यसबारे सही जानकारी दिने उद्देश्यले टेलिभिजन कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनु भएको हो ।

भ्वाईस अफ काठमाडौंलाई महर्जनले दिनु भएको जानकारी अनुसार अरनिको समाजको सहयोगमा ईण्डिजिनियस टेलिभिजनबाट यहि चैत ९ गते आईतबार साँझ ९ः१५ बजे पहिलो भाग प्रसारण सुरु गरिन्दैछ । त्यसको पुनःप्रसारण चैत १० गते सोमबार दिउँसो १ः१५ बजे हुनेछ । त्यसैगरी चैत १६ गते आईतबार साँझ ९ः१५ दोश्रो भाग प्रसारण गरिनेछ भने त्यसको पुनः प्रसारण चैत १७ गते सोमबार दिउँसो १ः१५ बजे हुनेछ ।

चीनको ऊहान शहरमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि के कस्ता कदमहरु चालिए त्यसलाई प्रमुख विषयबस्तु बनाई चीनको ग्लोवल टेलिभिजन नेटवर्कले तयार गरेको डकुमेन्टरी फिल्म ऊहान् २४ घण्टा भाग एक र दुई अरनिको समाजको सहयोग तथा सक्रियतामा प्रसारण गर्न लागिएको हो ।

अरनिको समाज चीनबाट कम्तिमा स्नातक तह अध्ययन सम्पन्न गरेका नेपाली विद्यार्थीहरुको छाता संगठन हो । यस संठगनमा आवद्ध चिकित्सक, इन्जिनियर, व्यवसायी, विद्यार्थी तथा विज्ञहरु देशका विभिन्न सरकारी तथा गैह्सरकारी संस्थाहरुमा क्रियाशिल छन् ।

२४ अक्टोबर १९८१ मा स्थापना गरिएको यस संस्थामा हाल २ सय ५० जना भन्दा बढी सदस्यहरु रहेका छन् ।

Facebook Comments