Sun. May 19th, 2024

     आफ्नो हित सुरक्षित भएमा रूस ‘ब्ल्याक सी’ सम्झौता लागु गर्न तयार: पुटिन 

मस्को, २०८० साउन १८ गते बिहीबार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनबीच बुधबार भएको टेलिफोन वार्तामा मस्कोले आफ्नो हित सुरक्षित भएमा युक्रेनसँगको ‘ब्ल्याक सी’ खाद्यान्न सम्झौतामा फर्कने बताउनुभएको छ ।
दुई नेताले ‘ब्ल्याक सी’ बन्दरगाहबाट युक्रेनी खाद्यान्नको निर्यात र रूसी खाद्य र मलको निर्यात सुविधाको उद्देश्यका लागि गरिएको सम्झौता भएदेखि सम्झौता अन्त्य हुँदासम्मका बिषयमा छलफल गरेका थिए ।

क्रेमलिनका अनुसार दुई नेताबीच भएको भर्चुअल वार्तामा पुटिनले एर्दोगानलाई खाद्यान्न सम्झौताको रूसी भागको कार्यान्वयन बिना सम्झौताको विस्तार अर्थहीन रहेको बताउनु भएको थियो ।

सम्झौतामा उल्लेखित ‘पश्चिमा मुलुकले आफ्ना सबै दायित्व पूरा गर्नेबित्तिकै’ रूस सम्झौतामा फर्कने रूसी नेता पुटिनले बताउनुभयो । दुवै नेताले रूसी खाद्यान्न आवश्यक परेका देशहरूमा आपूर्ति गर्न सकिने वैकल्पिक तरिकाहरूबारे पनि छलफल गरेका थिए ।

दुवै पक्ष दुई नेताको सम्भावित आगामी बैठकको तयारीसहित विभिन्न तहमा सम्पर्कलाई निरन्तरता दिन सहमत भएका छन् । सिन्ह्वा

Facebook Comments