Sun. May 19th, 2024

चीनद्वारा सिरियामाथिको नाकाबन्दी खारेज गर्न आह्वान

पैचिङ, २०८० साउन ५ गते शुक्रबार । संयुक्त राष्ट्र संघको ७७ औँ महासभाले जुलाई १९ तारिख सिरियाको सीमा पार गरी मानवीय सहायता दिने अधिकारलाई लम्ब्याउने सुरक्षा परिषद्को निर्णय प्रस्तावलाई अस्वीकार गरिएको विषयबारे एउटा ब्याख्या सम्मेलनको आयोजना गरेको छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय उप प्रतिनिधि कङ श्वाङले सिरियामाथि लगाइएको एकतर्फी नाकाबन्दीलाई खारेज गर्न आह्वान गर्नुभएको छ।

उप प्रतिनिधि कङ श्वाङका अनुसार, बितेका केही समययता सुरक्षा परिषद्ले सिरियाको सीमा पार गरी मानवीय सहायता दिने अधिकारलाई लम्ब्याउने विषयबारे धेरै चरणको छलफल गरिसकेको थियो। तर विभिन्न पक्ष बीच गम्भीर मतभेद रहेकाले एकतर्फी नाकाबन्दी लगायतका विषयहरूमा मतैक्य प्राप्त भएको छैन।

सीएमजी का अनुसार संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समाजले मानवीय, निष्पक्ष र उचित सिद्धान्त बमोजिम सिरियाको सार्वभौमिकता र सिरिया सरकारको निर्देशन अधिकारको विस्तृत रूपमा सम्मान गर्ने आधारमा समस्त सिरियाली जनताको मानवीय चाहनालाई पूरा गर्नका लागि सिरियाको सम्पूर्ण परिधिमा मानवीय सहायता गर्ने कुरालाई चीनले समर्थन गर्दै जाने कुरामा उप प्रतिनिधि कङ श्वाङले जोड दिनुभएको छ।

Facebook Comments