Wed. Apr 22nd, 2026

 अमेरिकाले चीनको थाइवानलाई हतियार विक्री गरेकोमा चीनद्वारा कडा विरोध

       

पैचिङ, २०८० असार २० गते बुधबार । अमेरिकाले चीनको थाइवानलाई हतियार विक्री गरेकोमा चीनले कडा विरोध जनाएको छ ।

चाईना मिडिया ग्रुपका अनुसार अमेरिकी विदेश मन्त्रालयले जुन २९ तारिखका दिन थाइवानलाई ४४ करोड अमेरिकी डलर बराबरको हतियार विक्री गर्न अनुमति दिएको समाचार सार्वजनिक भए लगत्तै चीनले उक्त अमेरिकी कदमको कडा शब्दमा विरोध जनाएको हो ।

यसैबीच चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता थान ख फैले अमेरिकाले चीनको थाइवानलाई हतियार विक्री गरेकोमा चीनले यसको कडा विरोध गर्दै अमेरिकासँग गम्भिर कुराकानी गरेको बताउनुभएको छ । प्रवक्ता थानले एक मात्र चीनको सिद्धान्त तथा चीन र अमेरिकाबीच हस्ताक्षरित तीनवटा संयुक्त वक्तव्यको नियमको पालना गर्नुपर्ने, तुरुन्तै थाइवानलाई हतियार विक्री रोक्नुपर्ने, अमेरिका र थाइवान बीचको जुनसुकै किसिमको सैन्य साँगगाँठ बन्द गर्नुपर्ने र थाइवानको स्वतन्त्रताको विरोधबारे अमेरिकाको वचनबद्धता अपनाउनुपर्ने आग्रह चीनले अमेरिकासँग गरेको जानकारी उहाँले दिनुभयो ।

चिनियाँ जन मुक्ति सेनाले उच्च स्तरीय सतर्कता कायम गर्दै राष्ट्रिय सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णताको दृढताका साथ संरक्षण गर्ने र थाइवान जल डमरुको शान्ति र स्थिरताको अटलताका साथ संरक्षण गर्ने पनि प्रवक्ता थानले बताउनु भयो ।

Facebook Comments