Mon. Feb 16th, 2026

प्रधानमन्त्री ओलीकी मिर्गौलादाता समीक्षा डिस्चार्ज

फायल तस्विर

       

काठमाडौं, २०७६ फागुण २८ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीकी मिर्गौलादाता समीक्षा संग्रौला बुधबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । अस्पतालबाट डिस्चार्ज हुनुअघि बुधबारै दिउसो ३ बजे उनले ‘लिभर आईसीयू’ मा गएर ओलीलाई भेटेकी थिइन् ।

समीक्षाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।

भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। जवाफमा प्रधानमन्त्री ओलीले आफ्‍नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका थिए।

फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो।उनी अस्पतालबाट स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्‍विटमार्फत् जानकारी दिएका छन्। कान्तिपुर अनलाईनबाट
Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read