Mon. Feb 16th, 2026

महामारी विरुद्ध युद्धमा चिनियाँ राष्ट्राध्यक्षको कडा निर्देशन

Chinese President Xi Jinping

       

काठमाडौं, २०७६ फागुण २८ गते बुधबार

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले “निद्रा छोडेर अथवा शिथिलताबाट तङ्ग्रिएर अझ जोडतोडका साथ महामारीको रोकथाम तथा प्रतिरोध कार्य गर्दै हु पैको संरक्षण र ऊहानको संरक्षण गरी कोभिड १९ विरुद्धको युद्धलाई पराजित गर्नुपर्ने बताउनु भएको छ ।  “मार्च दश तारिख चीनले नयाँ कोरोना भाइरसको रोकथाम तथा प्रतिरोधमा सबैभन्दा अगाडि रहेको ऊहान शहरमा चीनका सर्वोच्च नेता सी चिनफिङले उक्त कडा निर्देशन दिनुभएको हो।

पैचिङ्गमा दुई पटक महामारीको रोकथाम तथा प्रतिरोध कार्य टोलीलाई निर्देशन दिएपछि राष्ट्राध्यक्ष सीले फेरि महामारीको रोकथाम तथा प्रतिरोध कार्यमा सबैभन्दा अगाडि रहेको क्षेत्रको निरीक्षण गर्नुभएको हो। राष्ट्राध्यक्ष सीको यो निरीक्षणसँग निकै महत्वपूर्ण भावार्थ रहेको छ। उहाँको निर्देशनले यस अभूतपूर्व जन युद्धका लागि विजयको आशा सिर्जना गरेको छ। केवल दुई महिनामै विश्वमा सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा महामारीको रोकथाम तथा प्रतिरोधमा उल्लेखनीय उपलब्धि प्राप्त भएको छ। विश्वव्यापी जनमतका अनुसार यो उपलब्धि चिनियाँ सर्वोच्च नेताले चिनियाँ जनतासँगसँगै युद्धलाई परास्त गरिरहेको नतिजा हो। रुसी बैज्ञानिक प्रतिष्ठानको सुदूर पूर्वी अनुसन्धान विभागका उपप्रमुख अ औस्ट्रोभस्कीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले महामारी विरुद्धको युद्धमा जनताको ज्यान बचाउनु र जनताको स्वस्थलाई प्रथम स्थानमा राखेको छ जसले जनतालाई अझ द्दढताका साथ महामारीको प्रतिरोध गर्न प्रेरित गरेको छ।

चिनियाँ सर्वोच्च नेताको मनमा जनताको महत्व कस्तो छ? यस महामारी विरुद्ध युद्धले एक ऐनाको रुपमा यस प्रश्नको जवाफ दिएको छ। महामारीको रोकथाम तथा प्रतिरोधको प्रमुख निर्देशक बन्नुबाट चालीस दिनमा छपटक राजनीतिक व्युरोका स्थायी समिति बैठकको अध्यक्षता गर्दै त्यसै गरी तीन पटक महामारी विरुद्ध युद्धका सबैभन्दा अगाडि रहेको क्षेत्रको निरीक्षण गर्दै राष्ट्राध्यक्ष सीले वास्तविक गतिविधिले चिनियाँ कम्युनिष्ट पार्टीका एक सदस्यले”जनतालाई आधारको रुपमा लिनू”भन्ने शासन सिद्धान्तलाई व्याख्या गर्नुभएको छ भनि सिआरआई नेपाली सेवाले समाचार प्रकाशित गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read