Tue. Apr 30th, 2024

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट   

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग बिहीबार राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त /रासस

-रमेश लम्साल (विशेष संवाददाता)

नयाँ दिल्ली, २०८० जेठ १८ गते बिहीबार । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग बिहीबार राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त /रासस

प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । आजै प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुग्नुभएको थियो । रासस

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग बिहीबार राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ताका क्रममा आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्नुहुँदै । तस्ब
Facebook Comments