Thu. Apr 25th, 2024

गाँजाखेतीको प्रस्तावप्रति पूर्वमन्त्री तामाङ प्रसन्न   

काठमाण्डू, २०८० जेठ १५ गते मंगलबार । अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वजनसङ्ख्या तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गर्नुभएको छ ।

नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आउनुभएका नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।”

Facebook Comments