Sat. May 4th, 2024

काठमाण्डूको खिचापोखरीमा आकर्षक र भव्य विजनेस कम्प्लेक्स निर्माण

भिओके समाचार/ काठमाण्डू, २०७९ चैत २९ गते बुधबार । डिआरएन इन्टरनेशनल प्रा.लि.ले काठमाण्डूको उत्कृष्ट व्यापारिक केन्द्र न्यूरोड खिचापोखरीमा व्यवस्थित विजनेस कम्प्लेक्स ‘डिआरएन टावर’ निर्माण गरेको छ ।

चार दशकभन्दा बढी अनुभव हासिल गरेका व्यवसायिक घरानाहरुको साझेदारीमा निर्माण भएको ‘डिआरएन टावर’ यहि २०८० साल बैशाख १ गते नव वर्षको अवसर पारेर उदघाटन हुने भएको हो । डिआरएन इन्टरनेशनल प्रा.लि.ले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार डिआरएन टावरमा १ सय २३ स्क्वायर फिटदेखि ११ सय स्वायर फिट सम्मका अफिस र व्यवसायिक पसलहरु निर्माण गर्न सकिनेछ ।

विभिन्न देशका व्यापारिक कम्प्लेक्सहरुको अध्ययन र अनुसन्धान गरी सो टावर निर्माण गरिएको संस्थाका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले जानकारी दिनुभयो । भुकम्प प्रतिरोधी प्रविधि प्रयोग गरी निर्माण गरिएको सो टावरमा अत्याधुनिक डिजिटल लाईटिङ सिस्टम जडान गरिएको छ । सो कम्प्लेक्समा २४ सै घण्टा सुरक्षाको व्यवस्था गरिएको छ । साथै सीसीटिभी क्यामेराहरुको जडान, इन्टरनेटको सुविधा, फायर फाईटिङ सिस्टम जडान, लिफ्ट जडान, पावर व्याकअपको सुविधा, सबै कम्प्लेक्समा अत्याधुनिक एसी र एअर फ्रेसरहरु जडान गरिएको छ । सो टावरमा ८ तला रहेका छन् ।

विभिन्न व्यापारिक तथा प्रशासनिक कार्यालय, कर्पोरेट अफिस, ब्राण्डेड सो रुमहरु, बैंक तथा वित्तीय संस्थाहरु का लागि अति उपयोगी रहेको छ संस्थाले जनाएको छ । सो विजनेस कम्प्लेक्सलाई व्यापारिक प्रयोजनका लागि पनि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । कोरोना भाइरसको संक्रमणले विगत चार वर्षदेखि थिलथिलो भएको नेपालको अर्थतन्त्रलाई यस्ता विजनेस कम्प्लेक्सहरुको माध्यमबाट माथि उकास्न सहयोग पुग्ने संस्थाको विश्वास छ । डिआरएन ब्रान्डका टेलिभिजन सेट, टेलिफोन सेट, साउन्ड सिस्टम सहित विभिन्न इलेक्ट्रोनिक्स सामानहरु कम्पनीले बजारमा ल्याइसकेको छ ।

कोरोना महामारीका कारण विगत ४ वर्षदेखि मन्द रहेको नेपाली अर्थतन्त्र र व्यापारीहरुले भोग्नु परेको चर्को आर्थिक मारबाट उद्योगी, व्यवसायी र व्यापारीहरुलाई सहुलियत दिने सरकारले नयाँ कार्यक्रमहरु ल्याउनु पर्ने संस्थाका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले बताउनु भयो । बैंकको चर्को ब्याजले उद्यमीहरुको उत्साहमा आईरहेको कमीलाई मध्यनजर गर्दै बैंक तथा वित्तिय संस्थाहरुले पनि आकर्षक योजनाहरु ल्याउनु पर्नेमा श्रेष्ठले जोड दिनुभयो ।

प्रेस विज्ञप्ति

सर्वप्रथम आम नेपाली दाजुभाइ दिदीबहिनी, उद्योगी, व्यवसायी तथा आम उद्यमीहरुमा नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्षले नेपालको अर्थतन्त्र सुदृढ भई सबैमा हर्ष, उमंग र खुसी ल्याउनेछ भन्ने कामना गर्दछौं ।

यस डिआरएन इन्टरनेशनल प्रा.लि.ले काठमाण्डूको उत्कृष्ट व्यापारिक केन्द्र न्यूरोड खिचापोखरीमा व्यवस्थित विजनेस कम्प्लेक्स ‘डिआरएन टावर’ निर्माण गरेको छ । व्यवसायिक क्षेत्रमा चार दशकभन्दा बढी अनुभव हासिल गरेका व्यवसायिक घरानाहरुको साझेदारीमा निर्माण भएको ‘डिआरएन टावर’ यहि २०८० साल बैशाख १ गते नव वर्षको अवसर पारेर उदघाटन हुने भएको छ ।

डिआरएन टावरमा १ सय २३ स्क्वायर फिटदेखि ११ सय स्वायर फिट सम्मका अफिस तथा व्यवसायिक पसलहरु निर्माण गर्न सकिनेछ । विभिन्न देशका व्यापारिक कम्प्लेक्सहरुको अध्ययन र अनुसन्धान गरी यो टावर निर्माण गरिएको सहर्ष जानकारी गराउँदछौ । भुकम्प प्रतिरोधी प्रविधिप्रयोग गरी निर्माण गरिएको यस टावरमा अत्याधुनिक डिजिटल लाईटिङ सिस्टम जडान गरिएको छ । यस कम्प्लेक्समा २४ सै घण्टा सुरक्षाको व्यवस्था गरिएको छ । साथै सीसीटिभी क्यामेराहरुको जडान, इन्टरनेटको सुविधा, फायर फाईटिङ सिस्टम जडान, लिफ्ट जडान, पावर व्याकअपको सुविधा, सबै कम्प्लेक्समा अत्याधुनिक एसी तथा एअर फ्रेसरहरु जडान गरिएको छ ।

नेपालकै पहिलो व्यापारिक वाकिङ स्ट्रिटका रुपमा चिनिएको न्यूरोड खिचापोखरीमा निर्माण भएको यस टावरमा ८ तला रहेको छ । यो टावर विभिन्न व्यापारिक तथा प्रशासनिक कार्यालय, कर्पोरेट अफिस, ब्राण्डेड सो रुमहरु, बैंक तथा वित्तीय संस्थाहरु (फाइनान्स, सहकारी समेत) का लागि अति उपयोगी रहेको छ । भवनको माथिल्लो तल्लाबाट काठमाण्डौंको सुुन्दर दृश्य अवलोकन गर्न सकिनेछ । साथै यहाँ लक्जिरियस फुड कोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुका लागि निकै उपयुक्त रहेको छ ।
काठमाण्डूको मुटुमा रहेको न्यूरोड खिचापोखरी सबैतिरबाट यातायातको सहज उपलब्धता भएको क्षेत्र हो । त्यसैले यस विजनेस कम्प्लेक्सलाई व्यापारिक प्रयोजनका लागि पनि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । यो कम्प्लेक्स भाडा तथा खरिद गरेर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । यस क्षेत्रमा व्यापार व्यवसाय सन्चालन गर्दै आउनुभएका तथा व्यापार विस्तार गर्न चाहने सबै उद्यमी, व्यवसायीहरुका लागि हामीले विभिन्न अफरहरु ल्याएका छौं ।

डिआरएन इन्टरनेशनल यस सुविधा सम्पन्न टावरमा आफ्नो व्यवसायिक कार्यालय तथा प्रतिष्ठान स्थापना गरी व्यापार व्यवसायलाई अझ माथि उकास्न हार्दिक आह्वान गर्दछ । कोरोना भाइरसको संक्रमणले विगत चार वर्षदेखि थिलथिलो भएको नेपालको अर्थतन्त्रलाई यस्ता विजनेस कम्प्लेक्सहरुको माध्यमबाट माथि उकास्न सहयोग पुग्ने हाम्रो विश्वास छ । अतः व्यापारिक कारोबार र प्रशासनिक कार्यालय सञ्चालनका लागि समय र पूजीँ दुवै हिसावले उपयुक्त हुने यस डिआरएन टावर विजनेस कम्प्लेक्समा हामी सबै व्यवसायीहरुलाई हार्दिक स्वागत गर्दछौं ।

डिआरएन इन्टरनेशनलले छिट्टै नेपालकै चर्चित पर्यटकीय केन्द्र ठमेलमा पनि व्यापारिक कम्प्लेक्स सन्चालनमा ल्याउँदैछ । यसअघि काठमाडौंकै महाबौद्धमा पनि डिआरएन टावर सन्चालनमा ल्याइसकेको छ । डिआरएन ब्रान्डका टेलिभिजन सेट, टेलिफोन सेट, साउन्ड सिस्टम सहित विभिन्न इलेक्ट्रोनिक्स सामानहरु कम्पनीले बजारमा ल्याइसकेको छ । साथै भविष्यमा यस कम्पनीले नेपालको अर्थतन्त्रमा विशिष्ट योगदान पु-याउने र थुप्रै नेपालीलाई रोजगारी दिने अन्य विभिन्न योजनाहरु अगाडि बढाइरहेको पनि जानकारी गराउँदछौं ।

नव वर्ष २०८० साल बैशाख १ गते शुक्रबार बिहान यस डिआरएन टावर विजनेस कम्प्लेक्सको उदघाटन हुने सहर्ष जानकारी गराउँदै उदघाटन समारोहमा उपस्थितिका लागि हामी सबैलाई हार्दिक आमन्त्रण गर्दछौं ।

दुर्गाबहादुर श्रेष्ठ
अध्यक्ष
डिआरएन इन्टरनेशनल प्रा.लि.

Facebook Comments