Mon. Apr 29th, 2024

प्रहरीसँगको झडपमा कराँचीमा तीनजनाको मृत्यु   

इस्लामावाद, २०७९ चैत २५ गते शनिबार । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ ।

मारिएका अपराधीहरूको पहिचान भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शहरमा लुटपाटका घटना बढेसँगै स्थानीय कानून प्रवर्तन निकायले सडक अपराधीविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ । यसैगरी शनिबार बिहानै प्रहरीले शहरका विभिन्न क्षेत्रमा अपरेसन गरी पाँचजना शङ्कास्पदलाई पक्राउ गरेको पनि जनाएको छ । रासससिन्ह्वा

Facebook Comments