Thu. Dec 26th, 2024

पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली   

काठमाण्डू, २०७९ चैत १६ गते बिहीबार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई न्याय हुने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको अन्तरक्रियामा उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई अन्याय हुने गरी नभई न्याय हुने गरी काम गर्नुपर्ने बताउनुभयो । “उपयुक्त ढङ्गले अन्तर्राष्ट्रिय मूल्य–मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताको आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

सङ्क्रमणकालीन न्याय पीडितलाई उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।  रासस

Facebook Comments