Sat. May 18th, 2024

सिंघिया खोलाको पुलमा समस्या हुँदा विराटनगर-विराटचोक सडक अवरुद्ध

महेश भट्टराई/विराटनगर, २०७९ फागुन २८ गते आईतबार । विराटनगर-पुष्पलालचोक-घिनाघाट-विराटचोक सडकखण्डको सिंघिया खोलामा रहेको पुलको पश्चिमी खण्डमा नयाँ पुल निर्माण गर्ने क्रममा पुरानो पुलतिरको सडकको भाग झरेपछि सो पुल भएर चल्ने सवारीसाधनहरूलाई पूर्ण रूपमा बन्द गरिएको छ ।

पुलमा समस्या देखिएपछि विराटनगरबाट विराटचोक पूर्व जाने सवारीसाधनलाई सास्ती भएको छ । विराटनगरबाट पूर्व जाने घिनाघाट- विराटचोक सडक मात्रै २२ किलोमिटर हो । यो सडक विराटनगर प्रवेश गर्ने दोस्रो ४ लेन्स सडक समेत हो । अहिले मानवलाई समेत पुलबाट हिँडडुल गर्न रोक लगाएको छ । हिँड्डुल गर्ने र साइकलमा यात्रा गर्नेहरू जोखिम मोलेर खोलापार गरि यात्रा गरिरहेका छन् ।

सिंघिया खोलामा अहिले नयाँ पुल बन्ने क्रम जारी रहेको छ । पुल बनाउन १ वर्ष देखि सुरु गरेता पनि काम भने १ प्रतिशत हुन सकेको छैन । यो पुल बनाउने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियोे ।

घिनाघाटको पुल पूर्ण रूपमा संचालन नभएसम्म भकुण्डो चोक पूर्व, राधाकृष्ण मन्दिर पूर्व, शनिबार पूर्व र हाटखोलामा रहेको पुलको प्रयोग गरि यात्रा गर्न सम्पूर्ण सवारीसाधन चालकहरूलाई निर्माण कम्पनीले अनुरोध गरेको छ ।

फोटो सर्वाधिकार: भ्वाईस अफ काठमाण्डूका लागि महेश भट्टराई, विराटनगर

Facebook Comments