Sun. May 19th, 2024

राष्ट्रपति पौडेलबाट पदभार ग्रहण   

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा पदभार सम्हाल्नुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको कार्यालय, रासस

काठमाण्डू, २०७९ फागुन २९ गते सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा पदभार सम्हाल्नुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको कार्यालय, रासस

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । उहाँलाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको सपथ गराउनु भएको हो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

Facebook Comments