Tue. May 7th, 2024

चिनियाँ राष्ट्रिय जन कांग्रेसको १४औं वार्षिक अधिवेशन सम्पन्न, राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण सम्बोधन

काठमाण्डू, २०७९ फागुन २९ गते सोमबार । चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन कांग्रेसको १४ औं वार्षिक अधिवेशनको पहिलो बैठक मार्च आज १३ तारिख चीनको राजधानी पैचिङमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बैठक समापन समारोहलाई सम्बोधन गर्दै जनताको विश्वास जितेर अगाडि बढ्नु नै सबैभन्दा ठूलो यन्त्र र काँधमा बोकिएको जिम्मेवारी भएको बताउनु भयो ।

आफूले कानूनको पालना गरी मुलुक र जनतालाई सेवा गर्ने साथै चीनका विभिन्न जातिका जनताको विश्वासमाथि घात नगर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएको छ।

सी चिन फिङले समापन समारोहलाई सम्बोधन गर्दै शक्तिशाली मुलुकको निर्माण र राष्ट्रको पुनस्उत्थान गर्ने रिले बटन आजको पुस्तामा पुर्‍याइएको तर्क गर्नुभयो ।

सी चिनफिङले चीनलाई बलियो बनाउने र चिनियाँ जातिको पुनःउत्थान गर्ने नयाँ यात्रामा चीनले दृढताका साथ उच्च गुणस्तरीय विकासलाई अघि बढाउने साथै जनतालाई सदा प्राथमिकतामा कायम राख्ने र विकास तथा सुरक्षाको सामाञ्जस्य गर्ने,‘एक मुलुक दुई व्यवस्था’को अभ्यास र मातृभूमिको पुनःएकीकरण कार्यलाई अघि बढाउने र मानव जातिको भाग्य एकरूपताको स्थापना गर्ने प्रयास गर्ने कुरामा जोडदिनु भयो ।

सी चिन फिङले समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय प्रतिरक्षा तथा सेनाको आधुनिकीकरणको निर्माणलाई चौतर्फी रुपमा अघि बढाउनुपर्ने र जनमुक्ति सेनालाई राष्ट्रको सार्वभौमिकता, सुरक्षा तथा विकासको हितको प्रभावकारी रुपमा संरक्षण गर्ने विशाल पर्खालको रुपमा निर्माण गर्नुपर्ने बताउनुभएको छ।

चाईना मिडिया ग्रुपका अनुसार सी चिन फिङले चीनको विकासबाट विश्व लाभान्वित भएको र चीनको विकास विश्वसँग सम्बन्धित भएका कारण वास्तविक रूपमा उच्चस्तरीय वैदेशिक खुलापन अपनाउने बताउनुभयो। चीनले विश्वव्यापी बजार तथा स्रोतको प्रयोग गरी आफ्नो विकास गर्नुका साथै विश्वको संयुक्त विकासलाई समेत अघि बढाउने धारणा व्यक्त गर्नुभयो ।

उहाँले बलियो देश निर्माणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको वास्तविक निर्माण गर्नुपर्ने र हर समय चिनियाँ कम्युनिष्ट पार्टीको सकारात्मक रूपमा गम्भीर व्यवस्थापन गर्नुपर्ने साथै अडानका साथ भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोडदिनु भयो ।

Facebook Comments