Thu. May 2nd, 2024

काठमाण्डूमा हल्का बर्षा हुँदै

भिओके समाचार/काठमाण्डू, २०७९ फागुन २४ गते बुधबार । लामो खडेरीपछि यत्तिवेला काठमाण्डूमा  सामान्य वर्षा हुन थालेको छ ।

कात्तिकपछि पुस, माघ र फागुनको सुरुमै हिँउदे वर्षा हुने गरेको भएपछि यस वर्ष भने ढिला वर्षा सुरु भएको हो । माघेझरी परेर केही दिनपछि पारिलो घाम लाग्ने काठमाण्डू लगायत पहाडी क्षेत्रमा यस वर्ष भने जलवायु परिवर्तन र वढ्दो वनविनाशका कारण वर्षा हुन नसकेको विज्ञहरु बताउँछन् । विगतका वर्षहरुमा हिउँदमा वर्षा हुँदा हिमपात पनि हुने गर्दथ्यो । काठमाण्डू उपत्यकाका फूलचोकी, चन्द्रागिरी, शिवपुरी जस्ता क्षेत्रमा वाक्लै हिँउ र तुषारो परेर रमाईलो देखिन्थ्यो तर आजभोली ती दृश्यहरु दूर्लभ भएका छन् ।

समयमा वर्षा नहुँदा किसानहरु मर्कामा परेका छन् । वर्खे मकै लगाउने यो समयमा पनि पानी नपर्दा किसानलाई अर्को समस्या आएको छ भने सागपात लगायतका तरकारीको मूल्य पनि चुलिँदै गएको छ । प्रायजसो श्रीपञ्चमी र महाशित्ररात्रिका दिन नेपालमा वर्षा हुने गरेको भए पछि पछिल्ला वर्षहरुमा त्यसको हुन सकेको छैन ।

Facebook Comments