Sun. May 12th, 2024

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन शुरू

काठमाण्डू, २०७९ फागुन २० गते शनिबार । चीनको सर्वोच्च राजनीतिक संस्था चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन आज (मार्च ४ तारिख) दिउँसो चीनको राजधानी पैचिङस्थित जन बृहद् सभा भवनमा शुरू भएको छ।

राजनीतिक परामर्शदात्री सम्मेलनको नयाँ राष्ट्रिय समितिका लागि ५ वर्षिय कार्यावधिमा रहेको यो पहिलो वार्षिक अधिवेशन हो। चाईना मिडिया ग्रुपका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ लगायत पार्टी र देशका नेतागण सभास्थलमा प्रवेश गरी उद्घाटन समारोहमा उपस्थित हुनुभएको छ।

Facebook Comments