Fri. May 3rd, 2024

चिनियाँ राष्ट्रिय जन कांग्रेसको अवधिवेशन बारे आज पत्रकार सम्मेलन हुने

काठमाण्डू, २०७९ फागुन २० गते शनिबार । १४ औँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अवधिवेशन आयोजक समितीद्वारा आज पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ ।

चिनियाँ राष्ट्रिय जन कांग्रेसको १४ औं समितिको पहिलो अधिवेशन आयोजक समितिले स्थानीय समय अनुसार आज मध्यान्ह १२ बजे चीनको राजधानी पैचिङस्थित जन बृहत सभा भवनमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको हो। चाइना मिडिया ग्रुपका अनुसार यस अधिवेशनका प्रवक्ताले अधिवेशनको कार्यसूचि र राष्ट्रिय जन कांग्रेस सम्बन्धित प्रश्नबारे चिनियाँ र विदेशी पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनुहुने कार्यक्रम छ।

चाइना मिडिया ग्रुपले सो पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्ने छ भने चाइना नेटवर्कले फोटो र लेखमार्फत प्रत्यक्ष प्रसारण गर्ने योजना छ । चीनको सबैभन्दा ठूलो विधायिकी अंग चिनियाँ राष्ट्रिय जन कांग्रेसको १४ औं समितिको पहिलो अधिवेशन भोलि मार्च ५ तारिखदेखि भव्य रुपमा सुरु हुने कार्यतालिका रहेको छ । अधिवेशनमा सहभागी हुन जन कांग्रेसका प्रतिनिधीहरु राजधानी पुगिसेका छन् ।

विश्व राजनीतिमा चीनको बढ्दो प्रभाव र विश्वको दोस्रो आर्थिक शक्तिको हिसावले पनि जन कांग्रेसले निर्धारण गर्ने नीति नियमले चीनमा मात्र नभएर विश्वमै प्रभाव पार्ने भएकाले यस अधिवेशनको विश्वव्यापी प्रभाव रहने वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठको भनाइ छ ।

Facebook Comments