Tue. Dec 24th, 2024

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

- ओली र प्रचण्डको गठबन्धन भत्कियो

काठमाण्डू, २०७९ फागुन १३ गते शनिबार । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धनकै दलहरुबीच मतभेद बढ्दै गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बसेको आठदलको बैठकमा राष्ट्रपति पदका लागि नेपाली कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखे लगत्तै सत्ता समिकरण आकस्मिक रुपमा फेरिएको हो । नेकपा एमाले का एक नेताले प्रचण्डको कदमलाई घोर सत्तालिप्साको उपज भनि टिप्पणी गरेका छन् ।

Facebook Comments