Sat. May 18th, 2024

जनयुद्ध दिवसलाई सरकारले राष्ट्रिय दिवसको मान्यता दिएकोमा एमाले अध्यक्ष ओलीको कडा आपत्ती

रमेश हतुवाली/काठमाण्डू, २०७९ फागुन ११ गते बिहीबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई सरकारले राष्ट्रिय दिवसको मान्यता दिएकोमा आपत्ति व्यक्त गर्नुभएको छ ।

वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठद्वारा लिखित “नेपाल बंगलादेश बौद्ध सम्बन्ध” पुस्तकको बालकोटस्थित आफ्नै निवासमा विमोचन गर्नुहुँदै ओलीले सो आपत्ति व्यक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीले नेपालमा हिंसा टुंगिएको तर हिंसाको धङधङी अझै केही मानिसहरुको व्यवहारमा रहेको भन्दै फागुन १ गते वीदा दिने सरकारको निर्णयले हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नहटेको टिप्पणीसमेत गर्नुभयो । अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा नरहेको र नेपाली जनतामा परस्परमा लडने/लडाउने कुरा कहिल्यै पनि स्विकार्य हुन नसक्ने बताउनु भयो ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव नजिकिंदै गर्दा सरकारको निर्णयमाथि श्वयं सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्षको कडा टिप्पणी आउनुलाई विज्ञहरुले नेकपा माओवादीप्रति एमालेको कडा असन्तुष्टिको रुपमा विश्लेषण गरेका छन् ।

Facebook Comments