Tue. Apr 30th, 2024

‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’   

मस्को, २०७९ फागुन ९ गते मंगलबार । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उहाँका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो । आज उहाँले पोल्याण्डको राजधानी वार्सामा युक्रेन युद्धलाई लिएर मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

“स्वाभाविक रूपमा हामीले अमेरिकी राष्ट्रपतिको भ्रमणई नजिकबाट नियालीरहेका छौँ, आज पोल्याण्डमा के हुन्छ भन्नेमा पनि हामी उत्सुक छौँ, त्यसलाई नजिकबाट नियाली रहेका छौँ,” युक्रेनलाई हतियार आपूर्ति गर्ने अमेरिका र उसका सहयोगीको चाल बुझिरहेको उल्लेख गर्दै क्रेमलिनका दिमित्री पेस्कोभले रूसी टेलिभिजनमा भन्नुभएको छ ।

यसअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध रुसले अपराध गरेकाले उसलाई दण्ड दिनुपर्ने बताउनुभएको थियो ।

रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उपराष्ट्रपतिले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गर्नुभएको थियो । रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा बताएको थियो ।

रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौँ मानिसलाई जबरजस्ती निर्वासनमा जान बाध्य, पारेकोबालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएका धेरै प्रमाण अमेरिकासँग रहेको उपराष्ट्रपति ह्यारिसल बताउनुभएको थियो । रासस/एएफपी

Facebook Comments