Sun. Dec 22nd, 2024

प्रम ओली त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं, २०७६ फागुण १९ गते सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइपुग्नुभएको छ ।

सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उहाँको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ ।

प्रा.डा. दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ ।

प्रत्यारोपणपूर्व उहाँको आज रगत, दिसापिसाबलगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिनुभयो । “प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’मा राखिनेछ”, उहाँले भन्नुभयो ।

उहाँको मुटुको एञ्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर मुटु रोग विभाग प्रमुख प्रा. डा. अरुण सायमीले बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments