Mon. Dec 23rd, 2024

नेपालको स्कटल्यान्डमाथि सानदार जित

काठमाण्डू, २०७९ फागुन ५ गते शुक्रबार । आईसीसी विश्वकपक्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीयएकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेको छ ।

स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ओभरमा७विकेट गुमाएर भेटायो ।यसअघि त्रिविक्रिकेट मैदानकीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो । स्कटल्यान्डका लागिमाइकललिस्कले ८५ बलमा १ सय७ रन बनाउनुभयो । एकदिवसीयअन्तर्राष्ट्रियमा उहाँको यो पहिलो शतकहो । यस्तै आजको खेलमाडेब्यु गर्नुभएकाज्याकजार्किभले २६ रन बनाउनुभयो । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२ रन बनाउनु भयो ।बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिनुभयो । त्यस्तै कुशलमल्लले २, सोमपालकामी, दीपेन्द्रसिंह ऐरी र कुशलभुर्तेलले समान १/१ विकेट लिनुभयो ।लिग २ को तालिकामा स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्कका साथशीर्ष स्थानमा छ ।

नामिबिया ३२ खेलमा ३७अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । शृङ्खलामा नेपालले भोलि नामिबियासँग र आउँदो मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

Facebook Comments