आजका सुन्दर तस्विरहरु-फोटो फिचर
सुर्खेतको वीरेन्द्रनगर १६ पाखापानीमा ढकमक्क फूलेको लालीगुराँस । जलवायु परिवर्तनको प्रभावले गर्मी बढेको हुनाले फागुनको अन्तिम चैतमा फूल्ने लालीगुराँस माघमा नै ढकमक्क फूलेको छ । तस्बिर : सुरेश आचार्य, रासस
काठमाण्डू, २०७९ माघ २९ गते आईतबार ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा निर्माणाधीन जिल्ला अदालतको भवन छेउमा रहेको ठूला फाँटमा तोरी खेती । तस्वीर : सञ्जीतकुमार मण्डल, रासस

दोधारा चाँदनी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै विद्यार्थी । तस्वीर : महादेव अवस्थी, रासस

पशुपतिनाथ क्षेत्रमा शनिबार सरसफाई गरिएपछि सुन्दर देखिएको पशुपतिनाथ मन्दिर लगायतका ठाउँ । तस्बिर : विमलबहादुर विष्ट,रासस

शुक्लाफाँटा नगरपालिका-२ रानीपुरका महिला गाईबस्तुका लागि घाँसको भारी बोकेर घर तर्फ जाँदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु,रासस

पाँचथरको फिदिम नगरपालिका-६ सिवामा आयोजित साँस्कृतिक महोत्सवमा साकेला नृत्य प्रस्तुत गर्दै स्थानीय राई समुदाय । तस्वीर: रवीन्द्र काफ्ले, रासस

बागलुङको निसीखोला गाउँपालिका-६ स्थित बुढाथोक गाउँ । मध्यपहाडी लोकमार्गको छेउमै पर्ने यो गाउँमा बसोबास गर्ने स्थानीयको आफ्नै मगर खाम भाषा, भेषभूषा र परम्परा छ । तस्बिर : डम्मर बुढा मगर, रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेमा लटरम्म फलेको सुन्तलालाई जोगाउन टेको लगाएर अड्याइएको हाँगो । यस वर्ष दोसल्लेमा विगतका वर्षहरुमा भन्दा राम्रो सुन्तला फलेको छ । तस्वीर : ध्रुवसागर शर्मा, रासस
Facebook Comments

