Sun. Apr 28th, 2024

म्याग्दीमा आइपिएम कृषक पाठशाला सञ्चालन

म्याग्दी, २०७९ माघ २९ गते आईतबार । कृषकहरुलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक विधीबाट खेती गर्ने ज्ञान सिपप्रदान गर्न म्याग्दीको बेनीनगरपालिका-१ उपल्लाचौरमा एकिकृत शत्रुजिव ब्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।

बेनी नगरपालिकाको आर्थिक सहयोगमा रत्नेचौर आइपिएम कृषक समूहमार्फत पाठशाला सञ्चालन भएको हो । स्थानीय स्तरमा उपलब्ध प्राङगारिक मल, गाइभैसीको मुत्र र जैविक बिषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको समूहले जनाएको छ । तितेपाती, असुरो, खरानी, गाइभैसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग किरा नियन्त्रण गरी स्वच्छ वालीउत्पादन बढाउने उद्देश्यले कृषकहरु पाठशालामा सहभागीभएका छन् ।

आलु वालिमा १६ हप्तासम्म सञ्चालनहुने पाठशालामा सहभागी २५ जना कृषक मध्ये २३ जना महिला छन् । प्रयोगात्मक अभ्यासकालागि १ रोपनी जमिनमा ३ वटा पल्ट बनाएर सामुहिक आलु खेती गरिएको छ । साथै कृषकहरुले ब्यक्तिगत हिसाबले पनि आलु र तरकारी खेती गरेका छ । चालु आर्थिक वर्षमा उपल्लाचौरका साथै वडा नम्बर ६ को छाप र वडा नम्बर ४ को राक्सेमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको बेनीनगरपालिका-१ का वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।

एउटा पाठशाला सञ्चालन गर्न रु. एक लाख पचास हजारका दरले बजेट बिनियोजन भएको छ । वडा नम्बर २ को बगरफाँटमा क्षेत्रीय वाली संरक्षण प्रयोगशालामार्फत आइपिएम सञ्चालन भएको छ । रासस

Facebook Comments