Fri. Apr 26th, 2024

त्रिमूर्ति निकेतनमा सम जयन्ती मनाइयाे

भिओके समाचार/२०७९ माघ २४ गते मंगलबार । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले नाट्यसम्राट् बालकृष्ण समको १२१ औँ जयन्तीको उपलक्ष्यमा बालकृष्ण समको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभएको छ । सोही अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिकमा पनि माल्यार्पण गर्नुभयो ।
त्रिमूर्ति निकेतनद्वारा आज आयोजित विशेष काव्यसभामा भगवती बस्नेत, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गर्नुभएको थियो ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हुन्छ भन्नुभयो ।
कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।
Facebook Comments