Thu. Apr 25th, 2024

बेलायती प्रधानमन्त्रीद्वारा पार्टी अध्यक्ष बर्खास्त

लन्डन, २०७९ माघ १६ गते सोमबार । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आइतबार सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गर्नु भएको छ । कर मामिलाको अनुसन्धानपछि अध्यक्ष जाहावीलाई दोषी देखिएपछि मन्त्रीपदको पदीय मर्यादाको “गम्भीर उल्लङ्घन” गरेको भन्दै सरकारबाट बर्खास्त गरिएको हो ।

गत वर्ष राजनीतिक उथलपुथलको अवधिमा बेलायतको अर्थमन्त्री रहेका जाहावीलाई पछिल्लो समय करोडौं डलरको भुक्तान नगरिएका कर बिल सुल्झाएको आरोपमा राजीनामा दिन व्यापक दबाब दिइएको थियो। त्यसपछि व्यापक विवादमा आउँनु भएका जाहावीलाई बर्खास्त गरिएको हो ।

प्रधानमन्त्री सुनकले भन्नुभयो-स्वतन्त्र अनुसन्धान पूरा भएपछि उहाँबाट पदीय मर्यादाको गम्भीर उल्लङ्घन भएको पाइएको छ र उहाँलाई मन्त्री पदबाट हटाउने निर्णय बारे राजालाई पनि जानकारी गराइएको प्रधानमन्त्री सुनकले जानकारी दिनुभएको छ ।

जाहावीले शुरुमा आफ्नो कर मामिलाको बारेमा मिडिया रिपोर्टहरूलाई अस्वीकार गरे पनि पछिल्लो समय केही अनियमितता भएको स्वीकार गर्नु भएको थियो । गार्जियनले करिब ५० मिलियन पाउण्ड (६.१९ मिलियन अमेरिकी डलर) को अनुमानित कर बिलमा अनियमितता भएको उल्लेख गरेको छ ।

बेलायतमा यदि कसैले समयमै कर तिर्न असफल भएमा जरिवाना लागू हुन्छ।  (रासस-सिन्ह्वा)   

Facebook Comments