Mon. May 6th, 2024

रवि लामिछानेलाई पुनः नेपाली नागरिकता

काठमाण्डु, २०७९ माघ १५ गते आईतबार । पूर्वगृहमन्त्री रवि लामिछानेले पुन नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । अमेरिकी नागरिकता र पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी अध्यक्ष पद गुमाउनु भएका लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट आज पुनः नेपाली नागरिकता लिनुभएको हो ।

लामो समय अमेरिका बसेर फर्किनुभएका लामिछानेले अमेरिकी नागरिकता लिएपछि उहाँको नेपाली नागरिकता स्वतः खारेज भएको फैसला सर्वोच्च अदालतले शुक्रवार गरेको थियो। रविले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर सर्वोच्च अदातलतले गरेपछि लामिछाने नागरिकता लिन आज जिल्ला प्रशासन कार्यालय गई सर्वसाधारण सरह लाइनमा बसेर नागरिकता पुनस् प्राप्तिको प्रक्रियामा सहभागी हुनुभएको थियो ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा नेपालको नागरिकता पुनस् प्राप्तिका लागि विदेशको नागरिकता त्यागेको निस्सा सहित मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ । यस्तो निस्सा दर्ता भएकै दिनदेखि नेपालको नागरिकता कायम हुने कानुनी व्यवस्था छ।

लामिछानेले पुनस् नेपाली नागरिकता प्राप्त गरेपछि उहाँलाई पुनस् पार्टी सभापति बनाउने तयारी गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले भिओके समाचारलाई जानकारी दिएका छन् । आजै पार्टीको बैठक बसेर लामिछानेलाई सभापति बनाउने तयारी भएको उनले जानकारी दिए ।

नेपाल-नागरिकता-ऐन-२०६३

Facebook Comments