Mon. May 6th, 2024

शरणार्थी शिविर आक्रमणमा नौ जना मारिए   

जेनिन (प्यालेस्टाइन), २०७९ माघ १२ गते बिहीबार । पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको संख्या दिएको छ । एक दर्जन भन्दाबढी घाइते भएका जनाइएको छ । इजरायली सेनाले जेनिन अस्पतालको बालबालिकाको वार्डमा अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ । सस/एएफपी

Facebook Comments