Fri. Apr 19th, 2024

सोमालियामा भएको सैन्य कारबाहीमा ३९ जना विद्रोही मारिए

मोगादिसु/२०७९ माघ १० गते मंगलबार । सोमालियाको राष्ट्रिय सेनाले विद्रोही समूह अलसबाबविरुद्ध गरेको कारबाहीमा ३९ जना विद्रोही मारिएका छन् । सेनाले देशको मध्यभागमा अवस्थित शहर हारारदरे नजिक गरेको कारबाहीमा ती विद्रोही मारिएका बताईएको छ ।

सोमालियाका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा क्रियाशील सेनाले युद्ध क्षेत्रबाट भाग्ने क्रममा यात्रीबाहक एउटा बसमा आगजनी गर्ने लडाकालाई पनि मारेको राज्य सञ्चालित रेडियो मोगादिसुले जनाएको छ । राष्ट्रिय सेनाले विद्रोहीविरुद्धको कारबाहीमा उल्लेखनीय प्रगति हासिल गरेको सैनिक कमाण्डर मोहम्मद तहलिललाई उद्धत गर्दै सिन्ह्वा न्यूज एजेन्सीले बताएको छ । राजधानी मुगादिसुमा आतङ्वादी समूहले गरेको घातक हमलाको एकदिन पछि सेनाले उक्त कारबाही गरेको हो ।

गत शुक्रबार अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा ३० जना विद्रोही मारिएका थिए । राजधानी मोगादिसुबाट करिब २ सय ६० किलोमिटर उत्तरपूर्वमा रहेको गाल्काडा शहर नजिक अमेरिकी सेनाले हवाई कारबाही गरेको थियो । विगत केही दिनदेखि सोमाली राष्ट्रिय सेना र आतङ्वादी सङ्गठन अलसबाका लडाकूबीच भीषण युद्ध भइरहेको छ

Facebook Comments