Wed. Apr 24th, 2024

मनोज पाण्डे दोषी ठहर

काठमाण्डौं, २०७९ माघ १० गते मंगलबार । सौन्दर्य प्रतियोगिताको आडमा यौन दुर्व्यवहार गरेको अभियोग लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् ।

काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेविरुद्धको अभियोगमा दाबी पुग्ने ठहर गर्दै सजाय सुनाएको छ । अदालतले पाण्डेविरुद्ध ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

काठमाण्डौं जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ साल असार १ गते पाण्डेविरुद्ध जबरजस्ती करणी र यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दायर गरेको थियो । एक मोडललाई लामो समयसम्म बलात्कार र यौन दूव्र्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक मोडललाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो । पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको पीडितले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । उक्त घटनामा छानबिन हुनुपर्ने सार्वजनिक दबाबपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

Facebook Comments