Sat. Apr 20th, 2024

उपसभामुख रानाद्वारा पदबहाली   

काठमाण्डौं, २०७९ माघ ९ गते सोमबार । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सिंहदरबार आएर पदबहाली गर्नुभएको हो । उहाँलाई संसद् सचिवलयका महासचिव डा. भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गर्नुभएको थियो ।

उहाँ यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा चयन हुनुभएको हो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिमरेसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको समारोहका बीच सभामुख घिमिरेसमक्ष उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

सभारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखको राना शनिबार निर्वाचित हुनुभएको थियो । उपसभामुख भएपछि उहाँ पार्टीबाट अलग हुनुभएको छ ।

Facebook Comments