Thu. Apr 25th, 2024

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना   

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की झापाको दमकमा आइतबार आयोजित सोनाम ल्होसार कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः राजु पोख्रेल, रासस

विराटनगर, २०७९ माघ ८ गते आईतबार । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्वले नेपालीबीच सद्भवा, भातृत्व र एकता मजबुत हुने उल्लेख गर्नुभयो । विभिन्न जातजाति र समुदायले आ-आफनो शैली तथा परम्पराअनुसार मनाउने विभिन्न पर्वले सामाजिक र सांस्कृतिकरुपमा नेपाललाई धनी बनाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले यस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । रासस

Facebook Comments