Sat. Apr 20th, 2024

अन्तरीक्षमा पनि चिनियाँ नयाँ वर्ष मनाइयो !

काठमाण्डौं, २०७९ माघ ८ गते आईतबार । चिनियाँहरुको सबै भन्दा ठूलो चाड बसन्त चाड यस पटक पृथ्वीमा मात्र नभएर अन्तरीक्षमा पनि मनाइएको छ । वसन्त चाडदेखि नै चीनमा परम्परागत नयाँ वर्ष सुरु हुन्छ । वसन्त चाडको पूर्वसन्ध्यामा जनवरी २१ तारिखका दिन पृथ्वीबाट ४ सय किलोमिटर टाढा रहेको चिनियाँ अन्तरीक्ष स्टेशनमा वसन्त चाडको खुसीयाली मनाइएको छ ।

शनचौ १५ नम्बरको अन्तरीक्ष यात्रु समूहका अन्तरिक्ष यात्री फै च्युन लोङ, तङ छिङ मिङ र चाङ लुले चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना दिनुभएको छ ।वसन्त चाडको पूर्वसन्ध्यामा उहाँहरुले अन्तरिक्ष स्टेशनमा चाइना मिडिया ग्रुपको सांगितिक गालाको अवलोकन पनि गर्नुभएको छ । यस पटक आकाश र भूमि दुवैमा वसन्त चाड मनाइएको छ। मानवजातीका लागि यो निकै नै महत्वपूर्ण कदम हो । सीएमजी

Facebook Comments