Thu. Apr 25th, 2024

मनाइयो सोनाम ल्होसार (फोटो फिचर सहित)

आफ्नो भेषभूषामा सजिएर काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होछार कार्यक्रममा सहभागी युवतीहरु डम्फूको साथमा । तस्बिरः प्रदीपराज वन्त, रासस

काठमाण्डौं, २०७९ माघ ८ गते आईतबार । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज चैत्य एवं गुठीमा पूजा आराधनासहित सांस्कृतिक झाँकी र नाचगान गरी मनाइएको छ ।

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होछार कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त, रासस

 राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्र एवं तामाङ समुदायको बाहुल्यता रहेका स्थानमा सोनाम ल्होसार मनाउने गरिन्छ । यस अवसरमा बौद्ध महाचैत्यमा घुम्ने श्रद्धालुको पनि भीड देखिएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । यस अवसरमा बौद्ध क्षेत्रमा शान्ति पदयात्रासहित सांस्कृतिक कार्यक्रम गरेर सोनाम ल्होसार मनाइएको छ ।

राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम सम्बोधन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

स्वयम्भू क्षेत्रमा शान्ति पदयात्रा, चैत्य, गुम्बा र गुठीमा पूजा आराधना गरी सोनाम ल्होसार पर्व मनाइएको स्थानीय रामबहादुर लामाले सुनाउनुभयो । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु भएको छ । आजदेखि बाघ वर्ष पूरा गरी बिरालो वर्ष सुरु भएको छ । यस वर्षलाई समुदाय विशेषले खरायो वर्ष पनि भन्ने गरेका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम सम्बोधन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

ल्होसारका १२ वटै वर्ष पशु पञ्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइएको छ । यस अवसरमा २०७७ सम्म काटिएको सार्वजनिक बिदा गत वर्षदेखि फेरि सरकारले दिन थालेको छ । रासस

सोनाम ल्होछार कार्यक्रमा नृत्य प्रस्तुत/काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होछार कार्यक्रममा डम्फूको तालमा नृत्य प्रस्तुत गर्दै महिला । तस्बिरः चन्द्रकला क्षेत्री, रासस
राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम/आफ्नो भेषभूषामा सजिएर काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होछार कार्यक्रममा सहभागी युवती । तस्बिरः प्रदीपराज वन्त, रासस
राष्ट्रिय सोनाम ल्होछार कार्यक्रममा सहभागी युवती/आफ्नो भेषभूषामा सजिएर काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होछार कार्यक्रममा सहभागी युवती । तस्बिरः प्रदीपराज वन्त, रासस
राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम उद्घाटन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम उद्घाटन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस
राष्ट्रिय सोनाम ल्होसार कार्यक्रममा प्रम दाहाल/काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होसार कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः प्रदीपराज वन्त, रासस
सोनाम ल्होछार कार्यक्रममा सहभागी झाक्री/तामाङ समुदायको महान पर्व सोनाम ल्होछारका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी झाक्री। तस्बिर : रत्न श्रेष्ठ, रासस
नृत्य प्रस्तुत/तामाङ समुदायको महान पर्व सोनाम ल्होछारका अवसरमा आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा डम्फू बजाएर नृत्य प्रस्तुत गर्दै महिला । तस्बिर : रत्न श्रेष्ठ, रासस
डम्फूको साथमा तामाङ महिला/तामाङ समुदायको महान पर्व सोनाम ल्होछारका अवसरमा आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा डम्फूको साथमा तामाङ महिला । तस्बिर : रत्न श्रेष्ठ, रासस
नृत्य प्रस्तुत गर्दै महिला/तामाङ समुदायको महान पर्व सोनाम ल्होछारका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रममा डम्फू बजाएर नाच्दै महिला । तस्बिर : रत्न श्रेष्ठ, रासस
Facebook Comments