Fri. Apr 19th, 2024

मध्यपुर युथ एसोसिएशनलाई लि-निङ्ग नेपालको तर्फबाट प्रायोजन गरिने

काठमाडौं, २०७६ फागुण ८ गते बिहीबार

यही आउने फाल्गुन ११ गतेदेखि शुरू हुने शहिद स्मारक (बि) डिभिजन लिगमा मध्यपुर युथ एसोसिएशनलाई लि-निङ्ग नेपालले प्रायोजन गर्ने भएको छ।

मध्यपुर युथ एसोसिएशन का अध्यक्ष उपेन्द्र मान सिंहलाई लि-निङ्ग का अध्यक्ष राजन महर्जनले एक कार्यक्रमका बिच लि-निङ्ग कम्पनीबाट उत्पादित सामान हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा मध्यपुर युथ एसोसिएशनलाई सहयोग गरेको मा अध्यक्ष उपेन्द मान सिंहले धन्यवाद दिदै यो सहयोगले खेलाडीको हौसला र मनोबल उच्च बनाउन मद्त पुगेको बताउनु भयो ।

ब्यबसायिक प्रयोजनले मात्र प्रायोजन नगरी फुटवलको बिकासमा केहि सहयोग रहोस भन्ने लि-निङ्ग नेपालका अध्यक्ष राजन महर्जनको भनाई रहेको छ । साथै महर्जनले आफुले मध्यपुर युथ एसोसिएशनलाई १५ बर्ष देखि नियाल्दै आएको र यस क्लबको प्रगति प्रशसनिय रहेको बताउनु भयो ।

Facebook Comments