२०८३ आश्विन २१, बुधवार

आफ्नो सभामुखका उम्मेदवारलाई मतदान गर्न कांग्रेसको ह्विप   

प्रतिनिधिसभाको सभामुख पदमा नेपाली कांग्रेसको तर्फबाट बुधबार ईश्वरीदेवी न्यौपानेले संघीय संसद भवन नयाँ बानेश्वरमा उम्मेद्वार दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

       

काठमाण्डौं, २०७९ माघ ४ गते बुधबार । नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको हो ।

भोलि माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धी उक्त प्रस्ताव प्रस्तुत हुँदैछ ।

Facebook Comments