Wed. May 22nd, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”द्वारा मन्त्रिपरिषद् विस्तार फोटो (फिचर……)

काठमाण्डौं, २०७९ माघ ३ गते मंगलबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गएकाे पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज मङ्गलवार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । फोटो फिचर…………..

कार्यभार सम्हाल्नुहुँदै मन्त्री मोदी
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी मङ्गलबार मन्त्रालयमा कार्यभार सम्हाल्नुहुँदै । तस्बिर : नवीन पौडेल, रासस
नवनियुक्त मन्त्री मोदीको स्वागत
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई मङ्गलबार मन्त्रालयमा स्वागत गरिँदै । तस्बिर : नवीन पौडेल, रासस
कार्यभार सम्हाल्नुहुँदै मन्त्री किराँती
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँती मन्त्रालयमा मङ्गलबार पदभार सम्हाल्नुहुँदै । तस्बिर : नवीन पौडेल, रासस
नवनियुक्त उपप्रधानमन्त्री लिङ्देन
नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन मङ्गलबार मन्त्रालयमा पदभार ग्रहणपछि आफ्नो मातहतका कर्मचारीसँग । तस्बिर : चन्द्रकला क्षेत्री, रासस
नवनियुक्त परराष्ट्रमन्त्री डा. राई – पदभार ग्रहण
नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई मन्त्रालयमा मङ्गलबार पदभार ग्रहण गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री, रासस
नवनियुक्त रक्षामन्त्री उप्रेती – स्वागत
नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मङ्गलबार स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिर : नारायण न्यौपाने, रासस
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री खनाल – पदभार ग्रहण
नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलबार पदभार ग्रहण गर्दै । तस्बिर : रासस
मन्त्री चौधरीलाई स्वागत
नवनियुक्त महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चोैधरीलाई मङ्गलबार मन्त्रालयमा स्वागत गर्दै कर्मचारी । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
Facebook Comments