Wed. Dec 25th, 2024

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

पोखरामा आईतबार विमान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानको खोज तथा उद्दार कार्यको लागि परिचालित सुरक्षा निकायको टोलीले 'फ्लाईट डाटा रेकर्डर तथा ककपिट भ्वाईस रेकर्डर' (ब्ल्याक बक्स) भेटाएपछि सोमबार नेपाली सेनाले ब्ल्याक बक्स नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिलाई बुझाउँदै । तस्बिर सौजन्य : नेपाली सेना/रासस

पोखरा, २०७९ माघ २ गते सोमबार । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो ।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाण्डौं ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।  रासस

Facebook Comments