Mon. May 20th, 2024

यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त, १६ वटा शव निकालियो

काठमाण्डौं, २०७९ माघ १ गते आईतबार । काठमाडौंबाट विहान १०ः३३ बजे पोखरा उडेको यती एयरलाइन्सको एटीआर-७२ विमान पोखराको सेती खोँचमा दुर्घटना भएको छ । दुर्घटनामा परेको सो विमानबाट अहिलेसम्म १६ जना यात्रुको शव निकालिएको छ ।

दुर्घटनाग्रस्त विमानमा यतिवेला पनि डरलाग्दो आगो लागिरहेको र आगो नियन्त्रणको प्रयास भैरहेको नेपाली सेनाका प्रवत्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । दुर्घटनास्थलमा २ सय जना नेपाली सेना उद्धार कार्यमा रहेको पनि प्रवत्ता भण्डारीले जानकारी दिनुभयो ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुईजना पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

Facebook Comments